१६ जेष्ठ २०८२, बुधबार

बाजुरामा पनि शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु


बाजुरा: शिक्षाले जिवन बँचाउछ, आपतकालिन अवस्थामा शिक्षाको रक्षा गरौँ भन्ने मुल नाराका साथ बाजुरामा पनि शिक्षाका लागि विश्वब्यापी कार्यसप्ताह सुरु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल जिल्ला शाखा बाजुराले बिभिन्न कृयाकलाप सहित शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको हो । एनसिइ नेपाल जिल्ला शाखा बाजुराले सदरमुकाम मार्तडीमा नागरिक भेलाको कार्यक्रम गरि सप्ताहको सुरु गरेको एनसिइ बाजुराका अध्यक्ष मदनराज जैशीले बताए ।

संविधानको मौलिक हकका रुपमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले शिक्षामा विनियोजित गरी सुशासन कायम हुनुपर्ने भन्ने आवाज सहित देशभर आजबाट एक सातासम्म अभियान मनाइने घोषणा गरेको अध्यक्ष जैशीले बताए । बैसाख १५ गते देखी २२ गते सम्म संचालन हुने सप्ताह ब्यापी कार्यक्रममा बाजुराले सरकारलाई पत्र अभियान समेत संचालन गर्ने भएको छ ।

जसमा बिध्यालयमा मैले चाहेको शिक्षा शिर्षकमा चिठी लेख्नुपर्ने छ सो चिठी स्थानिय, प्रदेश सरकार र संघिय सरकारलाई पठाउने अध्यक्ष जैशीले बताए । यो अभियानले यसप्रति सरकार र सम्बद्ध निकायलाई जवाफदेही र उत्तरदायी बनाउने अपेक्षा लिएको अध्यक्ष जोशीको भनाई रहेको छ ।

त्यसै गरि पालिकामा आपतकालिन अवस्थामा नियमीत कक्षा संचालन, पालिकाले बनाउने शैक्षिक कार्यबिधी, निती तथा कार्यक्रम बारे पालिकास्तरमा छलफल संबिधानमा उल्लेख भएको शिक्षाको हक लाई कार्यान्वयन लगायतका कृयाकलापहरु साप्ताहब्यापी कार्यक्रममा रहने उनले बताए ।

सन् २०१५ मा नेपाललगायत विश्वका अधिकांश राष्ट्रले दिगो विकास लक्ष्य तथा सन् २०३० सम्मको शिक्षाका लागि कार्यढाँचा कार्यान्वयनका निम्ति प्रतिबद्धता जनाएकाले त्यसलाई पछ्याउँदै यो सप्ताह मनाउन लागिएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले जनाएको छ । शिक्षाका लागि विश्वव्यापी अभियानले नेपाल सहित करिब १ सय ५० मुलुकमा एकैसाथ यो सप्ताह मनाउन सुरु गरेको छ ।

शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालकाे साे अभियानमा बाजुरा जिल्लामा रहका गिफ्‌ट नेपाल, मानव संसोधन केन्द्र (एचआरसी) बाजुरा लगायतका संस्थाहरुले आर्थिक भौतिक सहयोग गर्ने बताएका छन ।


प्रकाशित मिति: १८ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार