२९ बैशाख २०८२, आईतवार

बुढिगंगा नगरपालिकामा न्यायिक संवाद कार्यक्रम सम्पन्न


सुशील राेकाया/ बाजुरा:  जिल्लाको बुढिगंगा नगरपालिकामा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमेलाप तथा कानुन सबन्धी सबन्धित कर्मचारि र पदाधिकारीको क्षमता अभिबृद्दिका लागि १ दिने न्यायीक संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाले स्थानिय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नागरिकलाई न्यायप्रणाली सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख तुलसिराम रोकायाले जनता लाई कानुनी राज्यको प्रत्याभुत गराउन र समाजमा सुशासन कायम गर्न नगरपालिकाले राम्रो प्रयास गरेको बताए ।
संवाद कार्यक्रममा नगर प्रमुख राम बहादुर बानियाले जनतालाई स्थानिय सरकार छ भन्ने कुराको आभास हुने गरि काम गरिरहेको बताउदै पालिका लाई सघाउन समेत अनुरोध गरेक छन।
त्यस्तै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले सहभागीहरूमाझ संवाद र कानुनि कुराहरू सुसूचित गराए।
संवादमा न्यायिक समितिको भूमिका, मेलमिलाप प्रक्रियाको महत्व र प्रभावकारी विवाद समाधानका उपायहरूबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले स्थानिय तहमा न्यायिक पहुँच सहज र प्रभावकारी बनाउन सुझाव पनि दिएका थिए।


प्रकाशित मिति: १५ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार