३० बैशाख २०८२, सोमबार

प्रेस युनियन बाजुराले गर्याे नयाँ बर्षकाे पात्राेसंगै कार्यालय स्थापना


बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना गरेको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुुराले बाजुरा शाखा स्थापनाकाे करिब २० बर्षपछी कार्यालय स्थापना गरेको हो । कार्यालयकाे उद्घाटन नेपाली काँग्रेस बाजुराका पुर्वपार्टी सभापती कविराज पण्डितकाे प्रमुख आतिथ्यमा गरिएकाे प्रेस युनियन बाजुराले जनाएकाे छ । नयाँ बर्षको अबसर पारी नेपाल प्रेस युनियन बाजुुराले आफ्नै कार्यालय स्थापना संगै २०८२ काे पात्राे समेत बिमाेचन गरेकाे प्रेस युनियन बाजुराकी अध्यक्ष संगिता तिमिल्सिनाले बताएकी छन ।   नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुरालाई चलायनमान गर्न र युनियलाई संस्थागत रुपमा अगाडी बढाउने उदेस्यका साथ कार्यालय स्थापना गरिएको अध्यक्ष तिमिल्सिनाले बताइन ।

आईतबार एक औपचारिक कार्यक्रमका साथ नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डितले रिवन काटेर कार्यालयको उद्घाटन गरिएको सचिव राम बहादुर विकले बताएका छन ।  प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पुर्वपार्टी सभापती कविराज पण्डित रहेका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अथिती प्रदेश समिती प्रचार,प्रसार विभाग प्रमुख धनराज पण्डित,पार्टि उपसभापती पदम बडुवाल,पार्टिसचिव भरतबहादुर रोकाया रहेका थिए ।

त्यसै गरी कार्यक्रममा काँग्रेस नगर सभापती गोपाल कार्की, प्रेस युनिय पुर्व केन्द्रिय सदस्य दयाराम पण्डित, प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,नेविसंघ जिल्ला अध्यक्ष जनक थापा लगायतको सहभागिता रहेको थियो । प्रेस युनियनका उपाध्यक्ष जयबहादुर रावतले स्वागत मन्तव्य मार्फत स्वागत गरेकाे कार्यक्रमको संचालन सचिव रामबहादुर विकले गरेका थिए  ।


प्रकाशित मिति: ८ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?