
बाजुरा: जिल्ला कारागार बाजुरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वास्थ्य निदेर्शनालय डोटीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र जिल्ला अस्पताल बाजुराको सहयोगमा निशुल्क शिविर संचालन गरिएको हो । जिल्ला कारागारमा रहेको ७१ जना कैदिबन्दीहरुको क्षयरोग सम्बन्धि र एचआभि परामर्श सम्बन्धि चेकजाँच गरिएको स्वास्थ्य निदेर्शनालय डोटी क्षयरोग कुष्ठ रोग अधिकृत मनोज ओझाले बताएका छन् । उहाँका अनुसार एआई एक्सरे मेसिनबाट क्षेयरोगको चेकजाँच गरिएको जनाएकाे छ ।
स्वास्थ्य निदेर्शनालय डोटीको प्राविधिक टोली सहित जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश बुढाले कैदिबन्दीहरुको स्वास्थ्य चेकजाँच गर्नुभएको हो । नेपाल सरकारको क्षयरोग मुक्त अभियान अन्र्तगत बाजुरा कारागारमा रहेका कैदिबन्दीहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य निदेर्शनालय डोटी क्षयरोग कुष्ठ रोग अधिकृत ओझाले बताएका छन् ।
प्रकाशित मिति: ५ बैशाख २०८२, बिहीबार