१ जेष्ठ २०८२, मंगलवार

बाजुराका सरकारी विद्यालय ठप्प बिध्यार्थी र अभिभावक अलमलमा, निजीमा धमाधम भर्ना


बाजुरा: जिल्लाका सरकारी  विद्यालयका  सम्पूर्ण शिक्षक १४ दिनदेखि काठमाडौंमा छन् । प्रत्येक दिन आन्दोलनमा सहभागी हुन्छन् । ‘माइतघर टु बानेश्वर’ गरिरहेका छन् । ‘विद्यालय बन्द छन, शैक्षिक हड्ताल छ ।’ भर्ना अभियान रोकेर देशभरबाट शिक्षकहरू अझैं काठमाडौं आउने र जाने रोटेसन बनाईरहेका छन ।

वैशाख १ गते देखी शैक्षिकसत्र २०८२ सुरु भयो । तर शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हड्तालको घोषणा गरेको छ । २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । जसका कारण बाजुरा लगायत देशभरका सामुदायिक विद्यालय ठप्प छन् । जिल्लाका सरकारी बिध्यालयहरु सार्बजनिक सुचनामार्फत बिध्यालय बन्दकाे सुचना गरिरहेका छन भने निजी बिध्यालयहरु भर्ना खुलेका सुचना सार्बजनिक गरिरहेका छन । हिमाली गाउँपालिका बुढीग‌ंगा नगरपालिका लगायतका स्थानिय तहका सरकारी बिध्यालयहरु सार्बजनिक सुचना मार्फत भर्ना अभियान बन्द भएकाे जनाएका छन । शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितीका कारण अर्को सूचना जारी नभएसम्म सबै कार्यक्रम स्थगित गरिएको सूचनाहरुमा उल्लेख  छ ।

हामी सबै आन्दोलनमा छौ अझै केही दिन ‘भर्ना स्थगित गरेका छौं । विद्यालय खुलेको छैन,’ जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका माबिका शिक्षक धिर बहादुर दानीले भने । दुई सातादेखि चलेको आन्दोलनलाई सरकारले सम्बोधन नगर्दा स्थिति जटिल बनेको शिक्षकहरूको दाबी छ । ‘विद्यार्थी भर्ना गरेको छैन । १४ दिन भयो शिक्षकको माग सरकारले किन सम्बोधन नगरेको ? गरिबका छोराछोरी पढ्न नपाएकोमा हामी चिन्तित छौं,’ मालिका माध्यामिक विद्यालय शिक्षक दानीको भनाई रहेको छ ।

निजी विद्यालयमा भने भर्ना प्रक्रिया चलिरहेको छ । ‘विद्यार्थी भर्ना सुरु भएको छ । हाम्रोमा भर्ना रोकिएको छैन,’ निजी बिध्यालयका शिक्षकहरुले बताउने गरेका छन, ‘शिक्षकको मागमा ऐक्यबद्धता जनाएका छौं । तर, विद्यालय बन्द गर्ने पक्षमा छैनौं ।’


प्रकाशित मिति: ५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?