
बाजुरा ः केही वर्ष पहिले वार्षिक परीक्षा सञ्चालन हुने बेलासम्म पुरै सेट किताब नपाउने बाजुरा जिल्लामा पछिल्लो केही वर्षयता शैक्षिक शत्र सुरु हुनु अगावै किताब विद्यालयमा पुग्ने गरेको छन् । स्थानीय तहको सुरुवात भएपछि सबै अधिकार स्थानीय तहमा गएपछि जिल्ला शिक्षा समन्वय इकाई समन्वयको भूमिकामा रहेको छ ।
;साेही क्रमा गौमुल गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक तीन “स” को नीति लिएर समग्र पालिकाको विकास गर्ने गरी गाउँ सभाबाट नै पास गरेर अघि बढेको थियो । तर पछिल्लो शैक्षिक गुणस्तरको अवस्था केही सुधारउन्मुख रहेकाे पाइएकाे छ । पालिकाका २३ वटै विद्यालयमा अपवाद बाहेक स्थायी र करार गरी दरबन्दी प्राप्त मात्रामा रहेको छन ।
शैक्षिक गुणस्तर सुधारतर्फ गइरहेकाे पाइएकाे छ । स्थानीय सरकारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी अनिवार्य पालिकाकै सामुदायिक विद्यालयमा पढाउने गरी नीति लिएको भएपनि यसमा ठूलालाई चयन र सानालाई ऐन भने जस्तै कार्यान्वयन नभएर हैकम चलेको स्थानीको आरोप रहेको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८१, शनिबार