६ बैशाख २०८२, शुक्रबार

अनेरास्ववियुले संगठनको आत्म समीक्षा गराैँ


अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटीले आज गम्भीर सचेतनाको मोडमा उभिनु पर्ने देखिन्छ । संगठनले अघिल्लो चुनावको नतिजा भुलेर, केवल फोटो खिचेर र सेल्फी हालेर सक्रियता देखाउने प्रवृत्तिले संगठनको वास्तविक धरातल ढाक्न सक्दैन् ।  सुदूरपश्चिम प्रदेशका तराईका दुई ठूला जिल्ला कैलाली र कञ्चनपुर जस्ता प्रमुख  क्याम्पसमा अनेरास्ववियुको अवस्था कमजोर हुँदै गएको छ । कुनै बेला गर्वको साथ भन्ने गरिन्थ्यो । “यो हाम्रो संगठन हो । यो बाघ संगठन हो । आज त्यही संगठनको नतिजा हेर्दा लाज लाग्ने स्थिति सिर्जना भएको छ । किन भने आजको विद्यार्थी राजनीतिमा सत्ता प्राप्तिको खेल भन्दा बढी विश्वास, सेवा र विचारको राजनीति आवश्यक छ ।

यदि कुनै व्यक्तिले त्यस्तो दृष्टिकोण राख्छ भने त्यसको पीडा संगठनका इमान्दार सिपाहीले भोग्नु पर्दछ । जुन अहिले कैलालीको नतिजाबाट देखिएको छ । विशेषगरी कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमको अर्को ठूलो शिक्षण संस्थाको पछिल्लो नतिजा हाम्रो संगठनका लागि गहिरो आत्म समीक्षा गर्ने अवसर प्राप्त गरेको छ । यमलाल जैशी जस्ता नेता विरलै पाइन्छन्, जो सधैं विद्यार्थीको हक, अधिकार र हितको लागि निःस्वार्थ रूपमा लडिरहन्थे । उहाँले नगरेको काम खोज्न गाह्रो छ ।

जहाँ विद्यार्थीको पीडा थियो, त्यहाँ उहाँको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । उहाँले आन्दोलनमा अग्रपङ्क्तिमा बसेर नेतृत्व गर्नु भयो । क्याम्पस विकास पुस्तकालय विस्तारदेखि छात्रवृत्ति सुनिश्चित गर्न समेत भूमिका खेले । प्रशासन र विद्यार्थी बिचको काम गर्नुभयो, जुन सबै नेता गर्न सक्दैनन् । पढाईको गुणस्तर सुधारदेखि लिएर क्याम्पसभित्र अनुशासन कायम राख्न उहाँ अहोरात्र खटिनुभएको थियो । कसैले भन्ने “के गरे त यमलालले ? भने त्यसको सटिक उत्तर हुन्छ । “विद्यार्थीका लागि जे गर्न सकिन्थ्यो, त्यो सबै गरे ।
आज सुदुरपश्चिम प्रदेश अनेरास्ववियुको समस्या के हो ?
हामी संगठनको नाममा गुट बनाइरहेका छौ ।
हामी सामाजिक सञ्जालको प्रदर्शनमा सीमित छौ ।
हामी आत्मसमर्पण होइन, आत्मप्रशंसा गर्दैछौ ।
हामी जिम्मेवारी बिर्सेर ओहदा खोजिरहेका छौं ।

यदि संगठनमा रहेका साथीहरूले संगठनप्रति आफ्नो जिम्मेवारी र उत्तरदायित्व भुले भने, अब आउने दिनमा यो संगठन मात्र होइन, आम पार्टी र जनताको भावनालाई  समेत ठूलो क्षति पुग्नेछ । हामीलाई के गर्नुपर्छ ?संगठनको आत्म समीक्षा गर्नुपर्छ । ठूला जिल्ला र क्याम्पसहरूमा एकता र स्पष्ट योजनासहित काम थाल्नुपर्छ । विद्यार्थी जनसमूहसँग सीधा संवाद गर्ने कार्यक्रम ल्याउनुपर्छ ।  संगठनभित्र समावेशी, पारदर्शी र नतिजामूलक नेतृत्व विकास गर्नुपर्छ । अब का दिनमा पनि समय छ । हामी सच्चिन सक्छौं, जुट्न सक्छौं र उठ्न सक्छौं । तर त्यसका लागि सतहमा होइन, गहिराईमा पुगेर काम गर्नुपर्नेछ ।
लेखक प्रकाश खड्का अनेरास्वयुका नेता हुन् । 


प्रकाशित मिति: ३० चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार