
बाजुरा: बाजुरा जिल्लामा १९ घण्टादेखि अबराेध भएकाे इन्टरनेट सेवा संचालनमा आएकाे छ । द्धारी नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तारमा आगलागी भएपछि जिल्लामा एनटी फाइवरको इन्टरनेट सेवा अवरुद्ध भएकाे हाे । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेटकाे १९ घण्टापछी संचालनमा आएकाे नेपाल टेलीकमले जनाएकाे छ। बुढीगङ्गा नगरपालिका–१ को द्धारी बनमा आगलागी हुदा फाइबरकाे तार जलेरपछी सदरमुकाम लगायतका क्षेत्रमा फाेन नेटवर्क र इन्टरनेट सेवा अबराेध भएकाे थियाे । नेपाल टेलीकमका अनुसार हिजाे नै डडेलधुबाट प्राबिधीकहरुकाे टाेली आएर लाइन मर्मतपश्चात सेवा सुचारु गरेकाे जनाएकाे छ ।
बनमा लागेकाे आगाेले फाइवर नेटको तार पाेलीएपछी जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार