२१ मंसिर २०८२, आईतवार

बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति


बाजुरा: बाजुराको अति विकट बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छया बस्ने गौरी मलालको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार मलालको घरमा आगलागी हुँदा करिब ८ लाख बराबराको धनमाल जलेर नष्ट भएको छ ।

खाना पकाउनका लागि बालेको आगोबाट घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आगलागीबाट घरभित्र रहेका ४ लाख नगद, २ तोला सुन, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका सामान जलेर ७ लाख ९० हजार रूपैयाँ बराबरको क्षति जनाएको छ ।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार