२४ बैशाख २०८३, बिहीबार

गौमुलका सबै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ सेवा सुचारु


बाजुरा: गौमुल गाउँपालिकाका सबै  स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ  सेवा सुचारु भएको छ । स्वास्थ्य सेवालाई थप पहुँचयोग्य र गुणस्तरीय बनाउँन स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ सेवा सुचारु गरिएको हो । नागरिकलाई गाउँ, घरमै स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्यसहित गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी निःशुल्क सेवा सञ्चालनमा ल्याईएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य पहुँचमा र स्वास्थ्य सुधारका लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । सेवालाई सहज रुपमा उपलब्ध गराउँन पालिकाका ७ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।

टेलि हेल्थ मार्फत दिर्घरोगी, नसा तथा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप, गर्भवस्थाका समस्या लगायत बिरामको विशषेज्ञ डाक्टरबाट परामर्शका साथै उपचार सेवा लिन सकिनेछ । स्वास्थ्य चौकीमा आएका बिरामीहरुको अवस्थाको बारेमा स्वास्थ्यकर्मीले अनलाइनबाट चिकित्सकलाई जानकारी गराउँने र चिकित्सकले दिएको परामर्शको आधारमा स्वास्थ्य संस्थाले निःशुल्क रुपमा औषधी उपलब्ध गराउँने गाउँपालिकाले जनाएकाे छ ।

स्मार्ट हेल्थ कार्यक्रमले विशेषगरी टेलि हेल्थ ओपिडी सर्भेस(बहिरंग सेवा)अन्तरगत स्वास्थ्य सेवा नपुगेका दुर्गम क्षेत्रका ब्यक्तिहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टरसहितको सेवा उपलब्ध गर्ने गरेको छ । यो सेवाबाट विशेषगरी ओपिडीमा आएका बिरामीहरु, गर्भवती, बालबालिका बढी लभान्वित हुने देखिएको छ ।

गौमुलको घट्मुना आधारभूत अस्पताल, अम्लिस आधारभूत स्वास्थ्य केन्द्र, मल्लोदुगून स्वास्थ्य इकाई, दहकोट स्वास्थ्य चौकी, माझपाली स्वास्थ्य केन्द्र, नकराडा आधारभूत स्वास्थ्य केन्द्र, मानाकोट स्वास्थय चौकीबाट स्मार्ट हेल्थ सेवा प्रवाह गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives