८ माघ २०८२, बिहीबार

ढोग दिया शब्दको दुरुपयोग भएको भन्दै प्रतिष्ठानको आपत्ती


केही दिन देखी चर्चामा रहको लोकगित ढोग दियाको बिषयलाई लिएर देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठान सुदुरपश्चिम प्रदेश समितिले आपत्ती जनाएको छ । हाम्रो मौलीककता संस्कार भाषा सस्कृतीलाई होच्याएको भन्दै प्रतिष्ठानले आपत्ती जनाएको हो । कुनै भेग समुदायसंग जोडिएको पुजनिय संस्कार र संस्कृतीलाई होच्याउने गित संगितप्रति घोर आपत्ती जनाउदै सम्बन्धीत निकायको ध्यानाकर्षण गर्दछौ देउडा सांस्कृतीक संरक्षण प्रतिष्ठानका सुदुरपश्चिम प्रदेश अध्यक्ष धुर्ब बहादुर सिंहको हस्ताक्षेरीत बिज्ञप्तीमा भनिएको छ ।

हाम्रो प्रम्परा मौलिकता सभ्यता र संस्कारसंग जोडिएको ओजपुर्ण सब्दलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन प्रतिदिन काली कर्णालीको संस्कारको ब्यइजत हुने गरी बिभिन्न सामाजिक संजालमा प्रकाशन तथा प्रशारण हुदै आएका अपाच्य गित संगित वा सामाजिक संजालमा रहेका बिषयबस्तुप्रति गम्भिर आपत्ती जनाउदछौ सो बिज्ञप्तीमा भनिएको छ ।

सामाजिक संजालमा कर्णाली र सुदुरपश्चिमका सामाजिक संजालकर्ताले समेत आपत्ती जनाएका छन । संस्कृति माथि गलत प्रचार र बिकृति तिर धकेल्दै हामीले सुरुवातमा सम्बोधन गर्ने ढोग दिया जस्तो पबित्र आदर सुचक सम्मानित शब्दको दुरुपयोग गर्नुका साथै, काली–कर्णालीको लोक संस्कृती र प्राचीन, धार्मिक सभ्यतासंग जोडिएको आफैमा एउटा विशाल अर्थ बोकेको शब्द हो, यो शब्दको गलत अर्थ लगाउने र गिज्याउने जो कोही होस उसलाई कडा भन्दा कडा कार्वाही गरिनुपर्छ सामाजिक संजालकर्ताले सामाजिक संजालमार्फत आपत्ती जनाएका छन ।

No description available.


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?