२२ पुष २०८१, सोमबार

सवारी साधनको सिट संख्या हटाउदैं बाजुरा प्रहरी


बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा चल्ने सवारी साधनको मापदण्ड विपरीतको सिट संख्या हटाउन सुरु गरेको छ । जिल्लाभित्र र बाहिर चल्ने यातायातका साधनहरुको मापदण्ड विपरीत सिट संख्या थपेर यात्रुहरुलाई सिट संख्या भन्दा बढी राख्ने गरेकोले हटाउन सुरु गरिएको प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताएका छन् ।

ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिने गरेको, ठुला लाईटहरु प्रयोग गर्ने गरेको र मापदण्ड अनुसार मात्र सिट संख्या भएका सवारी साधन र अन्य मालमाहक यातायातका साधनको सिट हटाउन सुरु गरिएको उनले बताएका छन् ।

सिट संख्या थपेर बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गरिने उनको भनाई रहेको छ । कम्पनीले निर्माण गरेको बेलामा रहेको सिट संख्या हटाएको र नयाँ मर्मत गरेर थपेका सम्पूर्ण यातायातका साधनको सिट संख्या हटाउन अभियान प्रहरी थालनी गरेको छ ।

सिट संख्या भन्दा बढी यात्रु राख्ने र यातायात व्यवस्था विभागले प्रत्यायोजन गरेको अधिकार पालना गर्न सवारी धनी र चालकलाई प्रहरीले अनरोध गर्ने गरेको छ । पहाडमा कच्ची सडकमा अत्यधिक यात्रु चढाउने र प्रहरीले बेवास्ता गर्ने गरेको व्यापक आलोचना हुने गरेका कारण अभियान सञ्चालन गरिएको हो ।

प्रहरीले बिहीबार एकैदिन ९ बढी सवारी साधनलाई नियन्त्रणमा लिएर सिट संख्या घटाउन र अन्य मापदण्ड विपरीतका क्रियाकलाप सुधार्न अनुरोध गरेको छ । प्रहरीले सुर्खतमा भएको दुर्घटनामा प्रहरीले नै लापरबाही गरेर ज्यान गएको भन्ने आरोपपछि देशव्यापी यो अभियान सुरु गरेको हो ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार