२२ पुष २०८१, सोमबार

गौमुल गाउँपालिका उपाध्यक्ष थापा ‘शी लिड्स आइकनमा उत्कृष्ट घोषित


बाजुराको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा अभियान ‘शी लिड्स आइकन’ मा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा घोषित भएकी छन् । नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान ‘शी लिड्स आइकन’ मा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा थापा उत्कृष्टमा छनौट भएकी हुन् ।

देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट तीन जना छानिएकी छन् । जसमा निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ जना महिला जनप्रतिनिधि मध्ये  उपाध्यक्ष थापासहित तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी हुन ।

उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा थापासहित सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

अवार्ड समारोहका बिच प्रधानमन्त्री केपीसर्मा ओलीद्धारा बितरण गरिएको जनाएको छ । महिला जनप्रतिनिधिहरूको उत्सवका रुपमा रहेको ‘शी लिड्स आइकन’ का बिभिन्न चरण पार गर्दै गौमुल गाउँपालिका उपाअध्यक्ष थापा तीन उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी हुन ।

शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्ट भएका थिए । देशभरका १ सय २८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जनामा झारेका हुन् । जसमा तीन जना प्रमुख र बाँकी उपप्रमुख छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । आयोजक कल्पले जानकारी दिएअनुसार निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेको जनाएको छ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार