बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिकाको नगर खेलकुल विकास समितिले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानोदय माध्यमिक विद्यालय जितेको छ ।
गएको मंसिर २८ गतेबाट पशुपति माध्यमिक विद्यालयमा भएको उक्त प्रतियोगितामा सहभागी भएको भानोदय माध्यमिक विद्यालयले १९ स्वर्ण पद जित्दै उपाधी हात पार्न सफल भएको हो ।
नगरस्तरिय खेलकुद विकास समितिको समन्वय र पशुपति माध्यमिक विद्यालयको आयोजनामा उक्त प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
आयोजक व्यवस्थापन समितिका संयोजक तथा पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीका अनुसार भानोदय माविले १९ स्वर्ण, दुई रजत र तीन कास्य सहित प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा त्रिशक्ति माविले चार स्वर्ण पाँच रजत र दुई कास्य सहित द्वितीय र शारदा माविले चार स्वर्ण चार रजत र चार कास्य सहित तृतिय स्थान हासिल गर्न सफल जोशीले बताएका छन् ।
लगातार तीन दिनसम्म सञ्चालन भएको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ ।
बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व उद्योग मन्त्री कर्ण बहादुर थापा प्रमुख अतिथी रहेका थिए ।
समापन कार्यक्रममा रनिङ शिल्ड प्रतियोगितामा विजेता, उपविजेता तथा सहभागीहरुलाई प्रमाणपत्र मेडल ट्रफी सहित सम्मान व्यवस्थापन समितिका संयोजक जोशीले बताए ।
प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार