बाजुर: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाजुराले पूर्णता पाएको छ । जिल्ला संयोजक तोकेको लामो समयदेखि जिल्ला समिति निर्माण नहुँदा सोमबार जिल्लामा भएको भेलाले जिल्ला समितिलाई पूर्णता दिएको छ ।
रास्वपा बाजुराका संयोजक नवराज जैशीका अनुसार सोमबार जिल्ला भेलाबाट ११ सदस्यीय जिल्ला समिति गठन भएको बताएका छन् ।
सोमबार भएको जिल्ला भेलाले सभापतिमा नवराज जैशी, उपसभापतिमा पूर्णलाल पाण्डे, सचिव पूर्णबहादुर बुढा, सहसचिव कृष्णबहादुर रावल,कोषाध्यक्ष मनिषा रावल रहने गरी ११ सदस्यीय जिल्ला समिति बनाइएको छ ।
यसैगरी सदस्यमा भेषराज नाथ योगी,सगुने थापा,अमर बहादुर रावल,तुलसी कटुवाल,भीमसिंह वि.क. र मिना कुमारी रोकाया रहेको जिल्ला समिति गठन भएको सभापति जैशीले जानकारी दिएका छन् ।
पार्टीका आवद्ध रहेका नेता तथा कार्यकर्ताहरु सहभागी भएको जिल्ला भेलाले जिल्ला समितिलाई पूर्णता दिएको हो ।
प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार