बाजुरा: बडिमालिका नगरपालिकाको पाचौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माबिमा एक कार्यक्रमका बिच आजदेखी औपचारीक कार्यक्रमका बिच संचालन गरिएको हो ।
पालिकाको केन्द्रमा हुदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो पटक भने नयाँ ठाउँमा सुरु भएको छ । औपचारीक कार्यक्रम सहित केही खेलहरु भने आजै सुरु गरिएका छन भने बाँकी शिल्डका प्रतियोगिताहरु भने भोली बिहानदेखी सुरु हुने खेल प्रशक्षिकहरुले बताएका छन ।
खेलको बिकाशमा नगरपालिकाले बिभिन्न कार्यक्रमहरुका साथै खेल क्षेत्रको बिकासका लागि आगामी दिनमा पनि नगरपालिका लागि पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए । राष्ट्रपति रनिङ शिल्डको उद्धघाटन कार्यक्रम बडिमालिका नगरपालिका खेल संयोजक तथा कार्यपालिका सदस्य राजेश पायल विकको अध्यक्षतामा संचालन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी र खेलकुद बिकास समिति बाजुराका अध्यक्ष राकेश थापा रहेका थिए ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार