८ पुष २०८१, सोमबार

मतदाता नामावली संकलन स्थगित


बाजुरा: देशका विभिन्न स्थानीय तहहरुमा  रिक्त रहेका  पदहरुको निर्वाचन आयोगले सरकरालाई मंसिर १६ गते गर्न सिफारिस गरे अनुसार सरकराले उप निर्वाचनको घोषणा गरेको छ ।
मन्त्री परिषदले उप निर्वाचनका लागि मिति तोकेसंगै बाजुरामा मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ । मतदाता नामावली संकलन तथा अध्यावधी कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका सहित स्थानीय तहका विभिन्न पदका लागि मंसिर १६ गते उप निर्वाचन घोषणा गरेसंगै मतदाता नामावली स्थगित गरेको हो ।
निर्वाचन आयोगको अर्को सूचना जारी नभए सम्मका लागि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असोज १ अर्थात मंगलबार देखि स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष मैना जोशीको निधनपछि सोही पदमा उप निर्वाचन हुन लागेको हो ।
उनको २०८० माघ ४ गते  निधन भएको थियो । तत्कालिन गाउँपालिका उपाध्यक्ष जोशी लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुदै उपचारको क्रममा निधन भएको थियो । उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।


प्रकाशित मिति: ३ आश्विन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?