८ पुष २०८१, सोमबार

मार्तडी बजार क्षेत्रको सडक बाटोको कित्ताकाट गरिदै


बाजुरा: अब सदरमुकाम मार्तडीका जग्गाहरू विभिन्न समूहमा वर्गीकरण गरि कित्ताकाट गरिने भएको छ । बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रको सडक बाटो लगायत बिभिन्न क्षेत्रको कित्ताकाट गरिने भएको हो । मार्तडी बजारमा अव्यवस्थीत घरहरु र बाटोको सीमाना निर्धारण नहुँदा देखिएको समस्यालाई हल गर्न केही महिनाभित्र कित्ताकाट गरिने भएको नगरपालिकाले जनाएको छ । कित्ताकाट गर्न नेपाल सरकारले केही समय रोके पनि बाजुराको हकमा सुचारु गर्ने गरि परामर्श समेत बडिमालिका नगरपालिकाले गरिसकेको नगर प्रमुख अमर खड्काले बताएका छन । सडक घरहरुमा जाने बाटो, सडकको क्षेत्र, व्यक्तिका घर र शहरी मापदण्ड अनुसारको घर जग्गा निर्माणको काम पनि कित्ताकाट लगत्तै सुरु गरिने नगर प्रमुख खड्काले बताएका छन ।
यहाँका स्थानीयको पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, खानेपानी बाटो लगायतका भौतिक संरचना रहेकोले नगरपालिकाले पनि त्यसैलाई जोड दिँदै गएपछि मार्तडी बजारलाई व्यबस्थीत गर्न एक महिना भित्र कित्ताकाट गरेर बजारलाई व्यवस्थीत गर्दै लैजाने नगर प्रमुख खड्काले बताएका छन ।
पालिकाले लामो समयदेखि घरजग्गा नक्शा पासको कामलाई समेत पूणर्ता दिन नसक्दा बजारको ब्यबस्थापनमा समस्या भएकोले सो समस्या समाधानका लागि पहल गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताएकी छन । ती सबै विषयलाई समाधान गर्न गरि काम अघि बढाइएको नगरपालिका उप प्रमुख थापाले बताएकी छन ।  मार्तडीको मुहार फेर्नका लागि स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य सडक, पुल लगायतका भौतिक पूर्वाधारका संरचनाहरूलाई विशेष जोड दिँदै आएको बडिमालिका नगरपालिका उप प्रमुख थापाले बताइन् ।
त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्तिवक महत्व र नगरपालिकाबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र नगरपालिकाको क्षेत्राधिकार रहेको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताएका छन ।
त्यस्तो विवरण तयार पार्दा वर्गीकृत जग्गामा हुन सक्ने विभिन्न खालका जोखिमको विश्लेषण सहितको नक्साङ्कन गरि कामलाई अगाडी बढाउने प्रमुख प्रशासकिय अधिकृत केशीले बताए । आवश्यकताअनुसार स्थानीय तहले स्थानीय भू-उपयोग गर्न पाउने नितिमा भएको व्यवस्था अनुसार कामलाई अगाडी बढाईएको केशीले बताए । जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त रहेकोमा अव यसलाई ब्यबस्थीत गरि अगाडी बढ्ने प्रमुख प्रशासकिय अधिकृत केशीले बताए ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?