८ पुष २०८१, सोमबार

संसद् मात्रै होइन, जनतालाई पनि ढाँटे कुलमानले


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘टाइम अफ डे’ (टीओडी) मिटरको डेटा डाउनलोडको विषयमा संसद्को सार्वजनिक लेखा समिति मात्रै होइन, जनतालाई पनि ढाँटेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलनमा २०७३ को विद्युत् महसुल संकलन विनियमावलीमा टीओडी डाउनलोड अनिवार्य गर्नैपर्ने व्यवस्था नरहेको र आवश्यकता अनुसार डाउनलोड गर्ने गरिएको बताए ।

त्यसअघि गत शुक्रबार लेखा समितिकै बैठकमा पनि उनले त्यही बेहोराको अभिव्यक्ति दिएका थिए । ‘टीओडी चाहिएका बेला तत्कालै डाउनलोड गर्ने हो । ५५ मिनेटभित्र डाउनलोड गर्ने हो । त्यसमा कैफियत आयो भने त्यसपछि मात्रै प्रोफाइल डाउनलोड गर्ने हो,’ घिसिङले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘२०७३ सालको विनियमावलीमा प्रोफाइल डाउनलोड भन्ने थिएन । २०७७ मा आएपछि मात्रै हामीले प्रोफाइल पनि डाउनलोड गर्ने व्यवस्था गरेका हौं ।’ तर, विद्युत् महसुल संकलन विनियमावली २०७३ र त्यसअघि नै २०७२ कात्तिक १५ मा प्राधिकरणले गरेको सर्कुलर हेर्दा घिसिङले गरेको दाबी झुटो सावित हुन्छ ।

गत शुक्रबार संसदीय समितिको बैठक र आज पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एक त टीओडी मिटरको डेटा कैफियत देखिए मात्रै डाउनलोड गर्ने भनेर झुट बोले भने दोस्रो, डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएकै आधारमा प्रिमियम शुल्क तिर्नुपर्ने आशयको कुरा गरेर जनतालाई मिसलिड गरे,’ ‘टीओडी मिटर डेडिकेटेड र ट्रंक लाइन जोडेका ग्राहककहाँ मात्रै होइन, २५ केभीभन्दा माथि विद्युत् जडान गरेका सबै ग्राहककहाँ हुन्छ, जसको टीओडी मिटर छ उसको बिलिङ टीओडी मिटर डाउनलोड गरेपछि मात्रै हुने कानुनी प्रबन्ध छ । त्यसो हुँदा टीओडीको तथ्यांक आवश्यकता अनुसार डाउनलोड गर्ने भन्ने कार्यकारी निर्देशकको भनाइ गलत हो,’ प्राधिकरणका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भनेका छन । अनलाइन खवरबाट


प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?