८ पुष २०८१, सोमबार

विपदको राहत वितरणमा अनिवार्य अनुमति लिनुपर्ने


बाजुरा – मौसम बदलीसंगै देशभर भइरहेको अविरल वर्षाका कारण धनजनको क्षती भएको छ । मौसम विभागका अनुसार जिल्लामा पनि अविरल वर्षा भइरहेकाले राहत तथा उद्धारका कार्यमा स्थानीय प्रशासनले तदरुपता देखाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा दैविक प्रकोप तथा विपद व्यवस्थापन समितिको बैठक बसेको हो । शुक्रबार बसेको बैठकले जिल्लामा हुने विपदका घटनामा एकद्धार प्रणाली मार्फत राहत वितरण कार्य गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार जिल्लामा आएको विपद व्यवस्थापनका लागि जिल्लामा संचालित संघसंस्था र व्यक्तिहरुले राहत वितरणमा विपद व्यवस्थापन समितिको अनिवार्य रुपमा अनुमति लिनुपर्ने बैठकले निर्णय गरेको बताए । उनले विपदका बेला राहत वितरण कार्य आफु अनुकुल हुने गरेको जनगुनासो आउन भएकाले राहत वितरण कार्यलाई व्यवस्थित गर्नका लागि अनुमति अनिवार्य लिनुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।
बैठकले विपदमा राहत वितरण कार्यका लागि अनुमति नलिए कानुनी कारबाही गर्ने निर्ण समेत गरेको उनले बताए । विपदमा परेका पिडितहरुका लागि तीन ठाउँमा सुरक्षा निकायको निगरानी रहने गरी बाम्का,मार्तडी र कोल्टीमा तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो ।
यस्तै बैठकले भुकम्प प्रभावितको रकम निकासा र अन्य राहतको खर्चको अनुमोदन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


प्रकाशित मिति: ३१ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?