बर्खा लागे यता बाजुराका नागरिकहरुले मंहगो भाडाको मारमा परेका छन् । मार्तडी–कोल्टीको भाडा दर ९ सय रुपैया कायम गरिएको थियो भने अहिले जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले एक हजार पाँच सय रुपैयाँ लिने गरेको राजमल मल्लले जानकारी दिनुभयो । अहिले बर्खा समयमा जिपहरु मार्तडीबाट सिधै कोल्टी नपुग्ने गरेका छन् ।
अहिले मार्तडी–कोल्टी सडक खण्डमा तिनचार ठाँउमा गाडी फेर्नुपर्ने बाध्याता यात्रुहरुलाई छ । ४१ किलोमिटर सडक रहेको मार्तडी–कोल्टी सडक खण्डमा यतीबेला सदरमुकाम मार्तडीबाटै कोल्टी गाडी जादैनन् । उक्त रुटको अनाई हुदै चुथी सम्म र चुथीबाट रजातोली सम्म अर्को गाडी फेर्नुपर्छ ,त्यसपछी रजातोलीदेखी बुढिनन्दा नगरपालिकाको दानसागु सम्म मात्र जिपहरु जाने गरेका छन् ।
मार्तडी–कोल्टी सडक खण्डको अनाईहुदै दानसागु सम्म मात्र नागरिकहरुले १ हजार पाँच सय रुपैयाँ तिर्नुपरेको बताउछन । केहिदिन अगाडी सदरमुकाम मार्तडीबाट कोल्टी बजार सम्म पुग्नका लागी एक हजार रुपैयाँ थियाे । तर अहिले यहाँ मार्तडी बाट कोल्टी बजार सम्म गाडी नपुग्ने गरेको र अनाई देखी दानसागु सम्मको भाडा बढी तिर्नुपर्ने बाध्याता रहेको छ ।
मंहगो भाडा तिर्न नसक्ने गरिब नागरिकहरुले पैदल हिड्नु पर्ने बाध्यता आएको छ । भाडा मंहगो भएका कारण कतिपय नागरिकहरु मार्तडी–कोल्टी सडक खण्डको पैदल यात्रा गर्ने गरेका छन् । चार घण्टामा ठाउँमा यात्रुहरुले एकदिन भरिको यात्रा गरेर मार्तडी हुदै कोल्टी जाने गर्छन् भने त्यस्तै कोल्टीबाट यता मार्तडी आउने गरेका छन् ।
प्रकाशित मिति: २८ असार २०८१, बिहीबार