७ पुष २०८१, आईतवार

बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा


बाजुरा–  बाजुरालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बाजुरामा पूर्ण खोप प्राप्त गरेका बालबालिकाको संखा ६ हजार ६ सय ५३ रहेको छ । खोप काड भएका बालबालिका दूई हजार ६ सय ७२ रहेका छन् भने खोप काड नभएका बालबालिका ३० जना रहेका छन् । उनीहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् ।

छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । जिल्लामा कुनै पनि खोप नलगाएको ११ जना बालबालिका भेटिएका छन् ।यि छुटेका बालबालिकाहरुलाई खोप लगाउने प्रयास भैरहेकोे प्रमुख चन्दले जानकारी दिएका छन् । बाँकी सबै बालबालिकालाई खोप दिएको उनले बताएका छन् । ९ वटा पालिका रहेको जिल्लामा वडाहुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको कार्यालय प्रमुख चन्दले बताए ।

 


प्रकाशित मिति: २६ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?