२४ बैशाख २०८३, बिहीबार

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक तीन दिवसीय सेमिनार हुने


काठमाडौ– युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।
राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्र्दभमा हुन लागेको समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा छलफल हुने छ । काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ जब सबै युवाहरु राष्ट्रको विकासमा संलग्न हुन्छन् । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।
सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ । सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।


प्रकाशित मिति: २६ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives