बाजुराको बडीमालिका नगरपालिका–७ स्थीत लक्ष्मी माध्यामिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । माथीबाट पहिरो बग्न थालेपछी विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । भवनको डिलतर्फ खोलाले जमिन कटान गर्दै आएको र भवन माथीबाट पहिरो फुट्ने सम्भावना बढी भएका कारण विद्यालय पहिरोको उच्च जोखिममा छ ।
पहिरोले विद्यालय बगाउने हो कि भन्ने डरका कारण विद्यालय नै बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक लालचन्द्र जैशीले बताउनुभयो । उहाँका अनुसार विद्यालयको गेटमै पहिरो आईसकेको छ, माथी जमिन पुरै भासिएको र आकाशबाट पानी आईरहेको छ । प्राकृतिक प्रकोप कति खेर के हुने हो भन्न सकिदैन्,पहिरोले विद्यालयको डिलतर्फको जमिन कटान गरिसकेको र माथीबाट समेत पहिरो बग्न थालिसकेकाले विद्यार्थीहरुलाई पठनपाठन गर्न समस्या देखिएको छ ।
प्रकाशित मिति: २६ असार २०८१, मंगलवार