कञ्चनपुर– कञ्चनपुरको माहाकाली नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ। यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ। थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको विभागले जनाएको हो।
त्यसैले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न÷जान विभागको आग्रह छ। यसैबीच, माहाकाली नदीमा बाढीको उच्च जोखिम रहेको छ राति १२ बजे महाकाली नदी डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह (७.७ मि) खतरा तहभन्दा माथि पुगेको थियो। “जल सतह थप बढ्ने क्रममा रहेको छ। कञ्चनपुर र डडेलधुराको नदी तटीय क्षेत्रमा रहनेहरू बिहान ७ बजेसम्म अति उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न÷जानुहुन अनुरोध छ,” विभागले भनेको छ।
प्रकाशित मिति: २५ असार २०८१, सोमबार