२४ बैशाख २०८३, बिहीबार

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।

आयोगले आज नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारीदिएका छन्। आयोगको टोलीले स्रोत नखुलेको रु ५० हजार बराबरको रकम समेत प्राप्त गरेको जनाएको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives