२४ बैशाख २०८३, बिहीबार

सुन तस्करी प्रकरण: शंकास्पद भूमिका देखिएका तेमालका थर्कमान पक्राउ !


काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय थर्कमान लामालाइ प्रहरीले पक्राउ गरेको छ। तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives