११ पुष २०८१, बिहीबार

माैसम परिवर्तनसँगै घाँटी दुखेर हैरान हुनुहुन्छ ? घरमै यसरी कम गर्नुहोस् घाँटीको दुखाइ (५ टिप्स)


९ चैत्र, काठमाडाैँ । अहिले माैसम परिवर्तन भइरहेको छ । चिसो घट्दै गर्मी बढ्ने अहिलेको समयमा धेरै मानिसहरू विसन्चो महसुस गरिरहेका छन् । त्यसमा पनि अधिकांशलाई रूघा, ज्वरो तथा घाँटी दुख्ने भइरहेको हुनसक्छ ।

रूघा र ज्वरोले सताउँदा दिन पुरा आलस्यमा बित्छ । त्यस्तै, घाँटी दुख्दा भने सिकिस्त नै भएको महसुस हुन्छ । खानेकुरा खानदेखि बोल्नै समेत असहज हुन्छ । यस्तो अवस्थामा के गर्ने छ ?

चिकित्सकको परामर्श लिएर औषधी सेवन गर्नु सबैभन्दा उत्तम हो । तथापी, नेपालीहरू घरेलु उपचारमा पनि उत्तिकै विश्वास राख्ने गर्छाैँ । हुन पनि सामान्य रूघा, खोकी, ज्वरो र घाँटी दुख्ने समस्या समाधान गर्ने प्राकृतिक औषधीहरू हाम्रा घरमा हुन्छन् नै ।

यी हुन् घाँटी दुख्ने समस्याबाट मुक्त पाउने पाँच घरेलु उपायहरूः-

१. महको प्रयोग

चियामा मह मिसाएर वा महमात्रै खानु घाँटी दुख्ने लक्षणहरूको लागि सामान्य घरेलु उपचार हो ।

२०२१ को लेख अनुसार महमा बच्चाहरूमा खोकी निको पार्ने डेक्सट्रोमेथोरफान जस्तै खोकी दमन गर्ने प्रभावकारीता रहेको हुन्छ ।डेक्सट्रोमेथोरफान खोकीको औषधी रोबिटुसन र डेल्सियम बनाउने उपयुक्त तत्व हो ।

२०२१ गरेको एक स्वास्थ्य सम्बन्धि अध्ययनले श्वासप्रश्वास सम्बन्धि सामान्य लक्षणहरूका लागि पनि महको प्रभावकारीता उच्च भएको निष्कर्ष निकालेको थियो ।

२. नूनपानीले कुल्ला गर्ने 

तातो नुन पानीले कुल्ला गर्नाले घाँटी दुखेको कम गर्न र स्राव तोड्न मद्दत गर्न सक्छ । यसले घाँटीमा ब्याक्टेरियाको संक्रमण कम गर्ने समेत प्रभावकारी हुन्छ ।

एक गिलास तातो पानीमा आधा चम्चा नुन थपेर नुन पानीको घोल बनाउनुहोस्। अनि त्यसरी बनाएको तत्वले बिहान र बेलुका कुल्ला गर्दा घाँटी दुखाइ कम हुँदै जानेछ ।

३. बेकिंग सोडाले कुल्ला गर्ने

नुनिलो पानीको कुल्लालाई सामान्य रूपमा प्रयोग गरिन्छ । त्यस्तै, बेकिंग सोडा-नुन पानीको मिश्रणले कुल्ला गर्नाले पनि घाँटी दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यो घरेलु उपायले ब्याक्टेरियालाई मार्न र फङ्गीको वृद्धिलाई रोक्न सक्छ ।

यदि तपाइँको मुख दुखेको छ भने राष्ट्रिय क्यान्सर संस्थान विश्वसनीय स्रोतले यि तत्व मिसाएर बनाएको पानीले कुल्ला गर्न सल्लाह दिएको छ ।

  • एक कप तातो पानी
  • मध्यम खालको चम्चाको एक चाैथाइ बेकिंग सोडा
  • सोही चम्चाको आठ भागको एक भाग नून

४. पुदीना र तातो पानीको मिश्रण

पुदीना सास ताजा गर्ने क्षमताको लागि प्रख्यात छ । यसमा एन्टी-इन्फ्लेमेटरी गुणहरू साथै केही एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुणहरू पनि २०१९ को एक अध्ययनले देखाएको छ । पुदीनामा मेन्थोल कम्पाउन्ड हुन्छ। जसले पातलो बलगम र घाँटी दुखाइ र खोकीलाई शान्त पार्न मद्दत गर्दछ।

नेपालका अधिकांश स्थानहरूमा पुदीना सहजै पाउन सकिन्छ । अझ कतिपय स्थानमा त यसको अचार बनाएर समेत खाने गरिन्छ ।

उमालेको पानीमा सुकेको पुदीना पातहरू राख्नुहोस् र मिश्रणलाई केही मिनेटको लागि त्यतिकै छोडिदिनुहोू । केही मिनेट बितिसकेपछि पातलाई छानेर अलिकति चिसो हुन दिनुहोस् । त्यसछि उक्त रसको सेवन गर्नाले घाँटीको दुखाइ कम हुन्छ ।

पातलो पेपरमिन्ट तेल स्प्रेले पनि घाँटी दुखाइलाई राहत दिन सक्छ। यो तेल बनाउने समेत घरेलु उपायहरू युट्युबमा पर्याप्त पाउन सकिन्छ ।

५. लसुन

लसुनमा प्राकृतिक एन्टिब्याक्टेरियल गुण पनि हुन्छ । यसमा एलिसिन समावेश हुन्छ । २०१४ को एक अध्ययनका अनुसार लसुनमा औषधी बन्न सक्ने क्षमता हुन्छन् ।

२०१८ को एक लेखले दैनिक आधारमा लसुन खाँदा माथिल्लो श्वासप्रश्वास नलिका संक्रमणलाई रोक्न र उपचार गर्न मद्दत गर्न सकिने उल्लेख गरेको छ । जसले घाँटीको दुखाइ कम गर्ने उल्लेख गरिएको छ ।

आफ्नो आहारमा ताजा लसुन थप्नु यसको एन्टिमाइक्रोबियल गुणहरूको फाइदा उठाउने एक तरिका हो।

हेल्थलाइन डटकमको सहयोगमा


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?