८ पुष २०८१, सोमबार

हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया


काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका  कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण छोरा सम्भव सिरोहियाको जिम्मामा हाजिरी जमानीमा रिहा भएका छन् ।

तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो।

उनलाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मामा छाडेको हो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?