२४ बैशाख २०८३, बिहीबार

मलेसियाले श्रमिककाे पैसालाई घरजग्गा किन्नमा नभइ स्वरोजगार बन्नमा प्रोत्साहन गर्छः कार्यवाहक राजदूत


काठमाडौँ । मलेसिया सरकारले श्रम क्षेत्रका व्यक्तिहरुले आर्जन गरेको रकमलाई घर किन्न वा जग्गा किन्नमा निरुत्साहित र स्वरोजगार बन्नका लागि उत्साहित गरेको थियो । यसबाट उनीहरु नियमित रकम जम्मा गर्न सक्ने भए । परिवार पाल्न अरुसँग सहयोग लिनु परेन । आफ्ना समस्या टार्न अरुलाई गुहार गर्नु परेन ।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर्दुस अजमानले भन्नुभयो, ‘रोजगारले भन्दा स्वरोजगारले व्यक्तिको जीवनमा छिट्टै समृद्धि आउँछ । यसकारण रोजगारभन्दा स्वरोजगार बन्न उत्साहित हुने कार्यक्रम ल्याउनु पर्छ ।’ उहाँले मलेसियाको अभ्यास सुनाउँदै भन्नुभयो, ‘लगानी नपुग्नेलाई सहुलियत ऋण, निश्चित अवधिका लागि करमा छुट जस्ता कार्यक्रमले स्वरोजगारीमा व्यक्तिको आकर्षण बढेको थियो ।’

महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को अवलोकन गरिसकेपछि उहाँले मलेसियाको अभ्यास सुनाउँदै महानगरपालिकाले पनि मेलापछि स्वरोजगारका लागि नीति तर्जुमा गर्न सक्ने सुझाव दिनुभयो । व्यवसायिक तालिमका लागि दक्ष मलेसियन पक्ष र महानगरपालिकाको सहकार्यमा संयुक्त तालिम सञ्चालन गर्न सकिन्छ । उहाँको भनाइ थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives