२४ बैशाख २०८३, बिहीबार

विश्वप्रकाश ! तिमिले त जे बाेलेपनि हुन्छ है? हेर अदालतकाे आदेश


काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार संसद्मा संसद्का महासचिव पद्मप्रसाद पाण्डेयकाे नाम नलिइ भने, “सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन ? उहाँ पक्राउ पर्नुभएको छ ? मैले नाम बिर्सिएँ । उहाँ गिरफ्तार हुनुभएको छ र ? अहिले भर्खरै मैले हेरेर, सभामुखसँगै देखेर आएको छु । गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ ?”

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी र गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्नका लागि पक्राउ गरिएको हुँदा आफूहरुले समर्थन गरेको शर्माले बताए । तर,बास्तिवकता त्यस्ताे थिएन । सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने आदेश जारी गरेको थियाे ।तर, कांग्रेस महामन्त्री  शर्माले  आफै न्यायाधीश बनेर यसबारे भने । अदालतकाे आदेश त अन्तिम हाेला नि कानुनी राज्यमा!

सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने आदेश जारी गरेको थियाे । गृहमन्त्रीले कान्तिपुर अध्यक्षका विरुद्ध प्रतिशोध गरे भन्ने नेताहरू र केही सञ्चारकर्मीहरूले संसदका महासचिवविरुद्ध प्रतिशोध सुरु गरेका छन् ।

अदालतकाे आदेशबारे कान्तिपुरकाे समाचारः   पुरानै नागरिकता प्रयोग भएकाले महासचिव पाण्डेयको नियुक्ति बदर गर्नु परेन : सर्वोच्च


प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives