काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियाे ।
नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषा पुर्याइएको थियो ।
प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार