४ आश्विन २०८३, आईतवार

नेपाली कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : पौडेल


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्षले विष्णुप्रसाद पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अत्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मतका लागि गर्नुभएको प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताएका हुन्। उनले भने “राजनीतिक स्थिरता कायम गर्दैै मुलुकलाई गति दिन सरकारलाई साथ दिन सबै दलहरुलाई म आग्रह गर्दछु । नेपाली कांग्रेसले आफ्नो भूमिकालाई पुनर्विचारसहित लोकतान्त्रिक अभ्यास अनुसरण गरेर अघि बढ्न आह्वान गर्दछु”।

अहिलेको सरकारले सुशासन प्रत्याभूतिको सन्देश दिएको, नागरिक तहमा रहेको निरासा चिरेको र पछिल्ला प्रयासबाट आशाको सञ्चार हुँदै गएको पौडेलले दाबी गरेका छन् ।


प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार