एजेन्सी। इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । हेलिकोप्टर अजरबैजान सीमा नजिकै पहाडी इलाकामा पहाडको चुचुरोमा ठोकिएर पूर्ण रुपमा जलेको अबस्थामा भेटिएको छ । दुर्घटनामा राष्ट्रपति रायसी, परराष्ट्र मन्त्री र हेलिकप्टरमा सवार सबै यात्रुको मृत्यु भएको छ,। यद्यपि दुर्घटनाको कुनै कारण भने खुलाइएको छैन।
प्रकाशित मिति: ७ जेष्ठ २०८१, सोमबार