२० मंसिर २०८२, शनिबार

सन्दीप सफाइमा अदालतमा आधार के के हुन?


काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको कसुरबाट सफाइ दिएको छ । न्यायाधीशद्वय न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला सुनाएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीका अनुसार किशोरी नाबालिग रहेको भन्ने नेपाल सरकारको दावी खारेज गर्दै अदालतले जबरजस्ती करणी नभएको फैसला सुनाएको हो ।अदालतले सन्दीपलाई सफाइ दिने आधारमा अन्य केही कुरा उल्लेख नगरी वारदात भएको भनिएको मितिमा किशोरीको उमेर १८ वर्ष पुगेको ठहर गरेको हो ।


प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार