काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यकुमार चौधरी र वसन्त पाण्डे छन् ।
उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् ।
प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार