कसरी एकजना दु:खै-दु:खबाट माथि उठ्न सकिन, अवश्य पढ्नुहोस् । एउटा सामान्य परिवारमा जन्मिएको व्यक्ति जसलाई —
१७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ ।
२४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् ।
२६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन ।
२७ वर्षको उमेरमा उनको विवाह हुन्छ । तर वैवाहिक सम्बन्ध सुखद हुदैन । श्रीमानले उनलाई दुर्व्यवहार गर्छन । यति हुँदाहुँदै पनि छोरीलाई जन्म दिन्छिन् ।
२८ वर्षको उमेरमा, उनको सम्बन्धविच्छेद हुन्छ । उनि डिप्रेसनबाट ग्रसित हुन्छिन्, र त्यसको उपचार गराइन्छ ।
२९ वर्षको उमेरमा, उनी एकल् आमा बस्ने आश्रममा बस्न थाल्छिन् ।
३० वर्षको उमेरमा, उनी आत्महत्या गर्ने बारेमा सोच्दछिन् । तर, उनी आफ्नो सारा ध्यान र लगाव एउटा काममा फोकस गर्छिन, त्यो काम जुन उनलाई गर्न आउथ्यो । र त्यो लेखन थियो ।
३१ वर्षको उमेरमा, उनले जिस्ता कपिमा लेख्न सुरु गर्छिन । अन्ततः जेनतेन आफ्नो पहिलो पुस्तक प्रकाशित गर्छिन् ।
३५ वर्षको उमेरमा, उनले ४ पुस्तकहरू विमोचन गर्छिन् र सो वर्षको उत्कृष्ट लेखक घोषित हुन्छिन्। उनो त्यो किताब यति मन पराइन्छ कि…
४२ वर्षको उमेरमा, उनले लेखेको काल्पनिक उपन्यासको सातौँ र अन्तिम खण्ड लेखेर प्रकाशति गर्छिन् । तर भइदिन्छ के भने, यो पुस्तक प्रकाशित भएको पहिलो २४ घण्टा भित्र एक करोड दश लाख प्रति विक्री हुन्छ ।
यी महिला हुन् जे.के. रोलिङ जसले ह्यारी पोर्टर पुस्तक लेखेकी थिइन् । विचार गर्नुस त्, ३० वर्षको उमेरमा मेरो सबैथोक सकियो भनेर उनले आत्महत्या गरेको भए ?!
आज, ह्यारी पोटर 15 बिलियन डलर अर्थात् एक खर्ब पचास अर्व भन्दा बढी मूल्य भएको एउटा ब्राण्ड बनेको छ । यसैले हेर्नुस्, जीवनमा छ नि कहिल्यै हार नमान्नु । आँफैमा बिश्वास गर्नुपर्छ । र, जीवनमा कायापलट आउन कहिल्यै ढिला हुँदैन । तर प्रयास गर्न भने कहिल्यै छोड्नु हुँदैन ।
प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार