काठमाडौं। तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार