काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साथै बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने बिहीबार बसेको संसदीय बोर्डको बैठकले निर्णय लिएको छ ।
अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार