२४ बैशाख २०८३, बिहीबार

के गर्याे कांग्रेस कार्यसम्पादन समिति बैठकले?


काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठ, काठमाडौंमा आज बसेकाे थियाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।

१. संवत् २०८१ साल बैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को लागि नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३२(८) बमोजिम श्री डम्बर बहादुर खड्कालाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को लागि विधानको धारा ३२ (७) बमोजिम श्री अभिशेक बहादुर सिंहलाई प्रदेश सभा सदस्य पदको उम्मेदवार मनोनयन गर्ने नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको २०८० चैत्र २२ गते बसेको बैठकको निर्णयलाई कार्यसम्पादन समितिको यो बैठक अनुमोदन गर्दछ ।

२. उक्त उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार श्री डम्बर बहादुर खड्का र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार श्री अभिशेक बहादुर सिंहलाई ‘रूख’ चिन्हमा अत्यधिक मत साथ विजयी गराउन केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक सबै आदरणीय मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ ।


प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives