काठमाडाैं । बागमती प्रदेश सभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
आजको बैठकमा बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ। सत्तागठबन्धन दल एकीकृत समाजवादीमा देखिएको समस्या कारण बैठक बस्न ढिलाइ भएको हो।
प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार