२५ बैशाख २०८३, शुक्रबार

लोसपाले मुलुकलाई निकास दिन नसकेपछि पार्टी परित्याग गरेंः वरिष्ठ नेता महतो


काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन्।  वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उक्त पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा समेत गरेका छन् । त्यस्तै, केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका थिए ।
नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने  बताउदै आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत सक्रिय रहने उनको भनाइ रहेको थियो ।
सो पार्टी परित्याग गर्नुपर्ने कारणबारे उनले भने, “जुन आशा र अपेक्षाअनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौँ, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिनसक्ने अवस्था देखिएन । मधेस र समग्र देशका नागरिकका अपेक्षाअनुसार सो पार्टीले काम गर्न सकेन । त्यसैले मैले पार्टी परित्याग गरेर नयाँ क्रान्तिको सुरुआत गरेको हो ।”

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives