२५ बैशाख २०८३, शुक्रबार

युवा अभियानले मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने


काठमाडौं । युवा अभियानले आउदै गरेको विश्व सामाजिक मञ्चलाई लक्षित गरी मानसिक स्वास्थ प्रवर्धन कार्यक्रम गर्ने भएको छ । फेब्रुअरी १७ तारिकको दिन अमुल्य चुनौती र अवसरहरूले भरिएको युगमा युवाहरूको मानसिक स्वास्थ्य र कल्याण सर्वोपरि भएको छ भन्ने कुरालाई आत्मसाथ गर्दै युवा अभियान, अन्तरास्ट्रिय युवा समाज, कायपल्टको आयोजना र युवा एडभोकेसी नेपालको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो। यस पहलले भविष्यमा आउन सक्ने मानसिक स्वास्थ्यको चुनौतिलाई नियन्त्रण गर्न युवाले खेल्ने अभिन्न भूमिकालाई मान्यता दिँदै विश्वव्यापी रूपमा युवाहरूको मानसिक स्वास्थ्यका चिन्ताहरू न्युनिकरण गरी सभ्य र स्वस्थ समाज निर्माणमा युवा जनशक्तिको अतुलनीय योगदानको चर्चा गर्ने युवा अभियानको सचिव सुस्मिता यादबले जानकारी दिनु भयो।

मानसिक स्वास्थ्य अहिलेको संसारमा निकै महत्वपूर्ण एवम् चुनौतिपुर्ण विषय हो। अहिले पूर्ण रुपमा स्वस्थ हुन शारीरिक एवम मानसिक तहमा तंदुरुस्त हुन नितान्त जरुरि छ। विश्वका २० प्रतिशत युवा मानसिक रूपमा अस्वस्थ रहेको विभिन्न तथ्याङ्कले जनाउँछ। सन् २०१२ मा भएका विभिन्न अध्ययनका आधारमा ८५ देखि ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या न्युन र कम आय भएका देशका युवामा रहेको छ भने ५ प्रतिशत उच्च आय भएका देशका छन् । युवामा मानसिक समस्याका कारण स् वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्चआकांक्षाको स्तर, बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता, रुचि र करिअर छनोटमा तालमेल नहुनु, सामाजिक सांस्कृतिक गलत प्रतिस्पर्धा, बालमनोविज्ञानको अभाव, आमाबुबा र पारिवारिक झैझगडा, वैवाहिक जीवन सोचेजस्तो नहुनु, बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक विछोड, आघातजन्य घटना, मानसिक समस्याप्रति लान्छना र भेदभाव, रीतिरिवाज, धर्म, संस्कृति र परम्परा, इन्टरनेट र लागूऔषधिको दुरुपयोग, आर्थिक संकट र दीर्घरोग, संस्कार र युवा भावनाबीच मतभेद, सञ्चार, फेसन र सिकाइ  रहेको अध्यनले देखाएको छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives