काठमाडौँ । नेकपा माओवादीको विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने ७ समूहले आज सुझाव पेश गर्ने भएका छन् । हिजाे विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियाे ।
मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि ७ समूहले सुझाव पेश गर्ने कार्यक्रम रहेको छ । बैठक भोलि विहान ११ बजे पुनः बस्नेछ ।
प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार