काठमाडाैं। कांग्रेस प्रचार विभागले महासमिति बैठकको नारा सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ ।
बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर नीति प्रस्तावमा छलफल गरेको थिएन । महाधिवेशनबाट नेतृत्व चयन गर्ने र बाहेकका काम महासमिति बैठकले गर्न सक्ने विधानको व्यवस्थाअनुसार महासमितिबाटै छुट्टै नीति अधिवेशन गर्न लागिएको हो । नीति अधिवेशन ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ ।
प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार