१० पुष २०८१, बुधबार

रहेनन पत्रकार प्रेम स्याङ्तान


काठमाडाैं । मृगौला रोगबाट पीडित भई उपचाररत काभ्रेपलान्चाेकका पत्रकार प्रेम स्याङ्तानको निधनको भएकाे छ । रोशी गाउपालिका १२ घर भएका स्याङतान मुटु, मधुमेह लगायतको रोगबाट पिडित थिए ।

लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज व्यक्तित्व स्याङतान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व सहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा कार्यरत थिए । स्याङतानको दुबै मृगौला फेल भएको हुँदा डाइलासिस गराइरहेका थिए ।


प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?