१२ पुष २०८१, शुक्रबार

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


काठमाडौँ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८:३० बजे बस्ने बैठकमा संसदको हिउँदे अधिवेशन संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।

आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?