९ पुष २०८१, मंगलवार

दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने


काठमाडौं। सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदै छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?