११ पुष २०८१, बिहीबार

आजदेखि त्रिविमा अनलाइन सुरु, १ हप्ताभित्रमै शैक्षिक प्रमाणपत्र पाइने


काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यको सुरुवात गरेका हुन् ।

त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण-पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनको कार्य अनलाइन मार्फत गरिनेछ । त्यसका लागि tuexam.edu.np मा  login गरी आवश्यक विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंक मध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिर्नुपर्नेछ।

त्यसैगरी, अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ, तर काम भने कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमा चेक गर्नेछन् । ठिक भए ठिक छ नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइनेछ। आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रक्रियामा संलग्न हुनेछ । त्यसैगरी सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइने व्यवस्था मिलाएको छ ।

त्यस्तै, प्रमाण-पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ भने हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेको खण्डमा एक हप्ता भित्र उपलब्ध गराइने छ । काठमाडौं उपत्यका तथा पनिका वल्खु अर्न्तगतका सेवाग्राहीहरुले वल्खुबाटै संकलन गर्नुपर्ने छ भने केही समयको लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट सेवा प्रवाह गरिने छ र पूर्ण अनलाइन सेवा सञ्चालनको सूचना पुनः प्रकाशित गरिने छ ।

दोस्रो चरणदेखि सम्बन्धित क्याम्पसबाटै प्रमाणपत्र संकलन गर्ने व्यवस्था गरिँदै जाने पनिकाले जनाएको छ।

FB_IMG_1706521902879

 


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?