२४ बैशाख २०८३, बिहीबार

रेखाले अमेरिकामै गरिन् ‘बेबी सावर’


काठमाडौं। सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।

रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् । श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन् । रेखाको यो पहिलो सन्तान हो ।

सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् भने चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन् ।उनले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ ।

उनले अमेरिकाबाटै अहिले फिल्मको भर्चुअल प्रचारप्रसार समेत गरिरहेकी छन् भने नेपालमा भने निर्देशक ज्ञानेन्द्र देउजा लगायतका टिमले फिल्म प्रचार गरिरहेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives